वीरगन्जमा स्कुल बसको ठक्करबाट साइकल यात्रुको मृत्यु
मेरोन्यूज
२०८१ माघ ८ गते २१:०५

वीरगन्ज। स्कुल बसको ठक्करले वीरगन्जमा मंगलबार एक जना साइकल यात्रुको मृत्यु भएको छ।
तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करले बाराको फेटा गाउँपालिका–५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो। उक्त बसले साइकल यात्री अन्सारीलाई वीरगन्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो।
बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारका लागि नारायणी अस्पतालमा पुर्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र सवारीसाधन बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया