वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका–६ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषा धनुषाधाम नगरपालिका–४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीया विवाह घले रहेका छन् ।
पक्राउ परेका मध्ये विजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, नेहाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख ५० हजार रूपैयाँ र विवाहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विजयलाई काठमाडौं महानगरपालिका–२६ र नेहालाई ललितपुर महानगरपालिका–१७ बाट सोमबार तथा विवाहलाई ललितपुर महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया