आइतबार, वैशाख १३, २०८३

अखिल क्रान्तिकारीको २० केन्द्रीय सदस्यको मनोनयन दर्ता रद्द

मेरोन्यूज २०८१ माघ ११ गते ९:२४

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा २० जनाको उम्मेदवारी रद्द भएको छ ।

Advertisement
NiccNicc

निर्वाचन समितिले रितपूर्वक र विधिसम्मत नभएको भन्दै केन्द्रीय समिति सदस्य, निर्वाचन आयोग सदस्य तथा अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका २० जनाको उम्मेदवारी रद्द गरेको हो ।उम्मेदवारी रद्द हुनेमा सबैभन्दा बढी १७ जना केन्द्रीय सदस्यका उम्मेदवार रहेका छन् भने एक जना सचिवालय सदस्यका उम्मेदवार रहेका छन् ।

यस्तै, एक जना निर्वाचन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् भने अर्का अनुशासन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् । निर्वाचन समितिले मनोनयन दर्ता भएका उम्मेदवारमाथि दाबी विरोधको सूचना जारी गरेको थियो ।

जसमा २९७ वटा दाबी विरोधको उजुरी परेको थियो । त्यसमाथि जाँचबुझ तथा छानबिन गर्दा २० जना उम्मेदवारको उम्मेदवारी रद्द भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।

प्रतिक्रिया