आइतबार, वैशाख १३, २०८३

बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवदेन

मेरोन्यूज २०८१ माघ ११ गते १९:०१

काठमाडौं । राष्ट्रिय बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । छनौट समितिले दिएको अन्तिम दिन १२ जनाको आवेदन परेको हो ।

Advertisement
NiccNicc

आवेदन दिनेमा नेपाल बायुसेवा निगमका पूर्व प्रबन्ध निर्देशक डिम प्रसाद पौडेलदेखि युवा स्वरोजगार कोषका पूर्व उपाध्यक्ष देवराज रोकासमेत छन् ।

समितिका अनुसार आवेदन दिनेहरुमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्चिवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पान्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ रहेका छन् ।

नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिका अध्यक्ष सूर्यसाद सिलवालविरुद्ध मुद्दा दायर गरेपछि अध्यक्ष पद रिक्त थियो । बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गएको पुस २६ गते आवेदन माग गरेको थियो ।

अध्यक्ष बन्नका लागि बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ ।

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको हुनपर्नेछ ।

प्रतिक्रिया