गाजा युद्धविराम : हमासले शनिबार चार बन्धकलाई मुक्त गर्ने
मेरोन्यूज
२०८१ माघ ११ गते २१:४५

काठमाडौं । गाजा युद्धविराम सम्झौताअन्तर्गत शनिबार चार इजरायली बन्धकलाई रिहा गरिने भएको छ । तीमध्ये केही सैनिक र केही सर्वसाधारण हुनसक्ने अनुमान गरिएको छ । ती सबै महिला बन्धक हुन सक्ने जनाइएको छ ।
हमासले छिट्टै नाम सार्वजनिक गर्नेछ । ती बन्धकहरूलाई इजरायली जेलमा बन्दी बनाएका १८० प्यालेस्टिनी कैदीहरूको सट्टामा रिहा गरिनेछ ।
गत आइतबार लागु भएको युद्धविरामको यो दोस्रो आदानप्रदान हुनेछ । पहिलोपटक तीन इजरायली बन्धकहरूको सट्टामा ९० प्यालेस्टिनी कैदीलाई रिहा गरिएको थियो ।
यो युद्धविराम सम्झौताले अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धलाई रोकेको थियो ।
सम्बन्धित
















वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
माधव नेपाल अस्पताल भर्ना
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया