युक्रेन द्वारा रुसी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दाबी

एजेन्सी । रुसको रियाजानमा रहेको तेल प्रशोधन केन्द्र र मस्कोमा कम्तीमा १२१ ड्रोनले निशाना बनाएको युक्रेनले दाबी गरेको छ ।
रुस र युक्रेन बिच चलिरहेको युद्धमा युक्रेनले यो आफ्नो प्रकारको एक मात्र ठुलो अपरेसन भएको बताएको छ । बी.बी.सी.ले प्रमाणित गरेको भिडियो फुटेजले मस्कोको दक्षिणपूर्वमा रहेको रियाजान क्षेत्रमा रिफाइनरी र पम्पिङ स्टेसनमा आगो लागिरहेको देखाउँछ ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनी अधिकारीहरूले यो रिफाइनरीलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन् । रुसले १३ क्षेत्रमा १२१ युक्रेनी ड्रोन खसालेको बताएको छ । जसमा मस्को र रियाजान क्षेत्रहरू समावेश छन् । रुसले कुनै पनि प्रकारको क्षतिको बारेमा जानकारी भने दिएको छैन ।
अर्को तर्फ युक्रेनले कीएभको एक आवासीय भवनमा रुसले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएको छ ।
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया