युक्रेन द्वारा रुसी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दाबी

एजेन्सी । रुसको रियाजानमा रहेको तेल प्रशोधन केन्द्र र मस्कोमा कम्तीमा १२१ ड्रोनले निशाना बनाएको युक्रेनले दाबी गरेको छ ।
रुस र युक्रेन बिच चलिरहेको युद्धमा युक्रेनले यो आफ्नो प्रकारको एक मात्र ठुलो अपरेसन भएको बताएको छ । बी.बी.सी.ले प्रमाणित गरेको भिडियो फुटेजले मस्कोको दक्षिणपूर्वमा रहेको रियाजान क्षेत्रमा रिफाइनरी र पम्पिङ स्टेसनमा आगो लागिरहेको देखाउँछ ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनी अधिकारीहरूले यो रिफाइनरीलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन् । रुसले १३ क्षेत्रमा १२१ युक्रेनी ड्रोन खसालेको बताएको छ । जसमा मस्को र रियाजान क्षेत्रहरू समावेश छन् । रुसले कुनै पनि प्रकारको क्षतिको बारेमा जानकारी भने दिएको छैन ।
अर्को तर्फ युक्रेनले कीएभको एक आवासीय भवनमा रुसले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएको छ ।















नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
प्रतिक्रिया