राजन र सन्तोषीलाई राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि

काठमाडौं । मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ विधामध्ये खुला हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ राजन रोकाय प्रथम भएका छन् ।
१० किलोमिटर (खुला) पुरुषतर्फ सञ्जय श्रेष्ठ, पाँच किमी (खुला) महिलातर्फ फूलमति राना, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमी (पुरुष)तर्फ लोकेन्द्र बोहरा र तीन किमी महिलातर्फ अस्मिता भुजेल, तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष)तर्फ ऐश्वर्यकुमारी कुमाल र रमेश खत्री प्रथम भएको आयोजक समितिका संयोजक डा शीतलकाजी श्रेष्ठले जानकारी दिए ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायत विशिष्ट अधिकारीले विजयी खेलाडीलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरे । उनीहरुले विभिन्न आठ विधाका विजेता ४० खेलाडीलाई पुरस्कार प्राप्त गरे । प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही रु एक लाख ५० हजार प्राप्त गरेका छन् ।
दोस्रो स्थान हासिल गर्ने खेलाडीले रु एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले रु ३० हजार प्राप्त गरेका छन् । १० किमी दौडमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले रु ४० हजार, तेस्रोले रु ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले रु १० हजार पाएका छन् ।
प्रतियोगिताअन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचाँै हुने खेलाडीले क्रमशः रु ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार प्रदान गरिएको छ । तीन किमी दौडमा पहिलो हुने खेलाडीले रु २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचाै स्थान हासिल गर्ने खेलाडीले रु दुई हजार पाँच सय प्राप्त गरे ।
ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार, दोस्रो हुने खेलाडीले रु २० हजार प्राप्त गरे । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाएका छन् । प्रतियोगितामा विभागीयसहित करिब आठ हजार धावकको सहभागिता रहेको आयोजकले जनाएको छ ।
















32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया