अध्यादेशले पनि कोशी प्रदेशमा २५ प्रतिशत बढी राजश्वः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताएका छन ।
प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताए ।
उनले भने, ‘यो पनि संवैधानिक व्यवस्था हो ,जनतालाई राहत दिनका लागि गरिएको काम भएको र यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।’ अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत भएको टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले यो आरोप लगाउनका लागि गरिएको काम मात्र भएको बताए ।
नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिबाट बनेको यो सरकारबाट उत्साह छाएको र यसको सकारात्मक नतिजा आउन थालेकोसमेत उनको दाबी रहेको छ। ‘अहिले राजस्व वृद्धि भइरहेको छ। सरकारको पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ ,अर्थतन्त्र चलायमान भएको छ,’ उनले भने ।
कोशी प्रदेशमा पनि २५ प्रतिशतले राजस्व वृद्धि गरेको चर्चा गर्दै उनले देश सरकारले राखेको लक्ष्य पूरा हुनेसमेत बताए । पछिल्लो समयमा सञ्चार माध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै यथार्थ समाचाारलाई सम्प्रेषण गर्नुपर्नेमा उनको जोड रहेको छ ।
कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आम संचार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको बिकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी यसपटक कानुन पास गरेरै पत्रकारको हितमा काम गर्छौ’, मुख्यमन्त्री कार्कीले भने ।
















देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया