अध्यादेशले पनि कोशी प्रदेशमा २५ प्रतिशत बढी राजश्वः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताएका छन ।
प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताए ।
उनले भने, ‘यो पनि संवैधानिक व्यवस्था हो ,जनतालाई राहत दिनका लागि गरिएको काम भएको र यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।’ अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत भएको टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले यो आरोप लगाउनका लागि गरिएको काम मात्र भएको बताए ।
नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिबाट बनेको यो सरकारबाट उत्साह छाएको र यसको सकारात्मक नतिजा आउन थालेकोसमेत उनको दाबी रहेको छ। ‘अहिले राजस्व वृद्धि भइरहेको छ। सरकारको पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ ,अर्थतन्त्र चलायमान भएको छ,’ उनले भने ।
कोशी प्रदेशमा पनि २५ प्रतिशतले राजस्व वृद्धि गरेको चर्चा गर्दै उनले देश सरकारले राखेको लक्ष्य पूरा हुनेसमेत बताए । पछिल्लो समयमा सञ्चार माध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै यथार्थ समाचाारलाई सम्प्रेषण गर्नुपर्नेमा उनको जोड रहेको छ ।
कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आम संचार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको बिकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी यसपटक कानुन पास गरेरै पत्रकारको हितमा काम गर्छौ’, मुख्यमन्त्री कार्कीले भने ।










एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया