आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ: महेश बर्तौला

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न र युवाहरूलाई रोजगारी अवसर दिनुपर्ने बताएका छन् ।
हेटौँडामा आज पत्रकारहरूसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएका गौरवको आयोजनालाई अलपत्र पार्न खोज्नु अस्वाभाविक भएको बताए । हेटौँडा मयूरधापको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जले विभिन्न प्रावधान लगाएर रोक्न खोजेको भन्दै उनले यस्तो कार्य तत्काल बन्द गर्न आह्वान गरे ।मयूरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ उद्योग कलकारखाना स्थापना गरी रोजगारीका अवसरहरू सृजनाको वातावरण बनाउन सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।
विसं २०७२ मा घोषणा भएर विभिन्न प्रक्रियासहित जग्गा भोगाधिकारसमेत पाएर अघि बढेको सो आयोजनाको काम अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया