आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ: महेश बर्तौला

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न र युवाहरूलाई रोजगारी अवसर दिनुपर्ने बताएका छन् ।
हेटौँडामा आज पत्रकारहरूसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएका गौरवको आयोजनालाई अलपत्र पार्न खोज्नु अस्वाभाविक भएको बताए । हेटौँडा मयूरधापको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जले विभिन्न प्रावधान लगाएर रोक्न खोजेको भन्दै उनले यस्तो कार्य तत्काल बन्द गर्न आह्वान गरे ।मयूरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ उद्योग कलकारखाना स्थापना गरी रोजगारीका अवसरहरू सृजनाको वातावरण बनाउन सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।
विसं २०७२ मा घोषणा भएर विभिन्न प्रक्रियासहित जग्गा भोगाधिकारसमेत पाएर अघि बढेको सो आयोजनाको काम अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया