राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै
मेरोन्यूज
२०८१ माघ १३ गते ७:२२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक शनिबार नै समापन गर्ने तयारी गरिए पनि समय अभावका कारण आज पनि बस्ने भएको हो ।
हिजो ८० भन्दा धेरै केन्द्रीय सदस्यले बोलेको र अन्यले पनि बोल्न बाँकी रहेकोले आज एक दिन बैठक लम्बिएको छ । बैठक आज समापन गर्ने तयारी छ ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् ।
सम्बन्धित












एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया