उत्कृष्ट गैरसैनिक फोटो पत्रकार पुरस्कृत

काठमाडौँ । नेपाली सेना फोटो प्रतियोगिता–२०८१ का विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।
प्रतियोगितामा गैरसैनिकतर्फका उत्कृष्ट तीन जना, तीन वटा नेपाली सेनाका युनिटहरु र एक जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई मंगलबार जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

गैरसैनिकतर्फ प्रविण रानाभाट प्रथम, प्रनिसन राजभण्डारी दोस्रो र सरोज बैजु तेस्रो भएका थिए। यस्तै, नेपाली सेनाका तीन वटा युनिटतर्फ पूर्वी पृतना हेड क्वार्टर प्रथम, विकास निर्माण निर्देशनालय दोस्रो र युद्ध कवच गण तेस्रो भए।
यसैगरी, सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफर जम्दार राजिव हेङ्गजुको तस्बिर उत्कृष्ट भएको छ।

यस्तै, नेपाली सेना फोटो प्रतियोगिता–२०८१ को मूल्यांकन समितिका सदस्यहरू गैरसैनिकतर्फ राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठ, देशसञ्चर डट कमकी फोटो पत्रकार बर्षा शाह र नेपाली सेनाका प्राविधिकतर्फका सेनानी सुलभ श्रेष्ठलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो।
तस्बिरको माध्यमबाट इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न सैनिक तथा गैरसैनिक व्यक्तिहरुको विशेष योगदानलाई कदर गर्दै नेपाली सेना फोटो प्रतियोगिता सञ्चालन गरिँदै आएको छ।















तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया