उत्कृष्ट गैरसैनिक फोटो पत्रकार पुरस्कृत

काठमाडौँ । नेपाली सेना फोटो प्रतियोगिता–२०८१ का विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।
प्रतियोगितामा गैरसैनिकतर्फका उत्कृष्ट तीन जना, तीन वटा नेपाली सेनाका युनिटहरु र एक जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई मंगलबार जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

गैरसैनिकतर्फ प्रविण रानाभाट प्रथम, प्रनिसन राजभण्डारी दोस्रो र सरोज बैजु तेस्रो भएका थिए। यस्तै, नेपाली सेनाका तीन वटा युनिटतर्फ पूर्वी पृतना हेड क्वार्टर प्रथम, विकास निर्माण निर्देशनालय दोस्रो र युद्ध कवच गण तेस्रो भए।
यसैगरी, सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफर जम्दार राजिव हेङ्गजुको तस्बिर उत्कृष्ट भएको छ।

यस्तै, नेपाली सेना फोटो प्रतियोगिता–२०८१ को मूल्यांकन समितिका सदस्यहरू गैरसैनिकतर्फ राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठ, देशसञ्चर डट कमकी फोटो पत्रकार बर्षा शाह र नेपाली सेनाका प्राविधिकतर्फका सेनानी सुलभ श्रेष्ठलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो।
तस्बिरको माध्यमबाट इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न सैनिक तथा गैरसैनिक व्यक्तिहरुको विशेष योगदानलाई कदर गर्दै नेपाली सेना फोटो प्रतियोगिता सञ्चालन गरिँदै आएको छ।





















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया