प्रदेश प्रमुख खापुङलाई वित्त आयोगको वार्षिक प्रतिवेदन बुझाइयो

मोरङ । कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैठौँ वार्षिक प्रतिवेदन बुझाइएको छ । आज आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को प्रदेशगत छैठौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले संघीयतालाई बलियो बनाउन, राजस्व बाँडफाँट गर्न आयोगको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले संघीय शासन व्यवस्थामा आर्थिक स्रोतसाधन जुटाउने, नियमन गर्ने र व्यवस्थापन गर्ने जस्ता जिम्मेवारी आयोगको काँधमा रहेको धारणा राखे ।
प्रदेश प्रमुख खापुङले आयोगले सिफारिस गरेका ढाँचालाई सबै तहले पालना गरेमा आर्थिक अनुशासन कायम हुनाका साथै राजस्व वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
आयोगका अध्यक्ष पौडेलले सवारीसाधन करको रकम सम्बन्धित प्रदेश भित्रका स्थानीय सरकारललाई अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा ५ बमोजिम मासिक रूपमा उपलब्ध गराउन प्रतिवेदनमा सुझाव दिएको बताए ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली र आयोगका सदस्यको उपस्थिति रहेको थियो ।
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया