तारकेश्वर नगरपालिकालगायत पाँच प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा
अपारदर्शी सरुवा प्रक्रिया

काठमाडौँ । उपत्यकाको तारकेश्वर नगरपालिकाका लगायत पाँच प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच जना प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाएको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार उपसचिव ईश्वर प्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट तारकेश्वर नगरपालिका, काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ भने त्यहाँका दिनेशराज पन्तलाई दुधौली नगरपालिका, सिन्धुली पठाएको छ ।
यस्तै दुधौली नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीलाई लेटाङ नगरपालिका, मोरङमा खटाउँदै लेटाङका नारायण न्यौपानेलाई कनकाई नगरपालिका, झापामा सरुवा गरिएको छ। यस्तै, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा उपसचिव पदमा पठाइएको छ।
यसबाहेक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका उपसचिव पदम प्रसाद बजगाईँलाई जिल्ला समन्वय समिति कार्यालय, सिन्धुलीमा सरुवा गरिएको छ भने फलेवास नगरपालिका, पर्वतका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेललाई जिल्ला समन्वय समिति कार्यालय, नुवाकोटमा पठाइएको छ।
अपारदर्शी सरुवा प्रक्रिया
सरुवा केही दिनअघि नै गरिएको भए पनि मन्त्रालयले सार्वजनिक नै नगरी राखेको थियो । पछिल्लो समय सरुवा सूची सार्वजनिक नगर्ने र अनियमित ‘करेक्सन’ गर्ने प्रवृत्तिकै कारण निर्णय भई सकेको सूचीसमेत लुकाएर राख्ने प्रवृत्ति बढेको स्रोतको दाबी छ।
मन्त्रालय उच्च स्रोतका अनुसार, कतिपय सरुवाहरू निश्चित कर्मचारीका व्यक्तिगत स्वार्थका कारण गोप्य रूपमा गरिएको पाइन्छ। यसले अपारदर्शिता मात्र बढाएको छैन, अनियमिततालाई समेत प्रश्रय दिएको आरोप लाग्दै आएको छ।
सरुवा प्रक्रियामा देखिएको यो अपारदर्शिता र अनियमितता सार्वजनिक प्रशासनको शुद्धता र विश्वसनीयताका लागि चुनौती बन्दै आएको छ ।















जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया