हमासले बन्दी बनाएका ८ जनाको मृत्युः इजरायल

तेल अहिव । इजरायलले हमासले जारी गरेको सूचीमा रहेका ३३ बन्धकमध्ये ८ जना मारिएको बताएको छ ।
इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सारले यसको पुष्टि गरेका छन् । यसको मतलब आगामी समयमा हमासले १८ जना बन्धकलाई मात्रै रिहा गर्ने भएको छ ।
इजरायलले समुद्री फायरको पहिलो चरणमा अहिलेसम्म ७ जना बन्धकहरूलाई रिहा गरिसकेको छ। अब हमासले यसै साता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उनीहरुलाई बिहीबार र शनिबार गरी ३–३ गरी दुईवटा ब्याचमा रिहा गरिनेछ ।
बदलामा इजरायलले उत्तरी गाजामा रहेका प्यालेस्टिनी नागरिकहरूलाई सोमबार जनवरी २७ देखि फर्कन अनुमति दिइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो जानकारी दिएका हुन् । उनीहरूलाइ हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो।
इजरायलले गत हप्ता शनिबार रिहा गरिएका चार महिला बन्धकसहित अर्बेल येहुदलाई रिहा गर्न माग गरेको थियो तर, हमासले शनिबार अर्बेललाई रिहा गरेको अझै छैन । इजरायलले यसलाई युद्धविरामको उल्लङ्घन भनेको छ।
युद्धविराम सम्झौता अन्तर्गत हमासले हालसम्म ७ जना इजरायली बन्धकहरुलाई रिहा गरिसकेको छ । यी सबै महिला हुन् । जसको बदलामा इजरायलले ३०० भन्दा बढी प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ ।
हमासले आइतबार इजरायललाई बाँकी बन्धकहरूको सूची हस्तान्तरण गरेको थियो । इजरायल र हमासबीच जनवरी १९ बाट युद्धविराम सुरु भएको थियो । युद्धविरामको पहिलो चरण ४२ दिनको छ, जसमा सबै इजरायली बन्धकहरूलाई रिहा गरिनेछ।













गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया