अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका कार्की पक्राउ
मेरोन्यूज
२०८१ माघ १६ गते ९:५४

काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का २५ वर्षीय भुवन कार्की रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौं-१२ बाट पक्राउ गरेको हो।
उनले बेरोजगार युवा-युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
उनले अहिलेसम्म एक करोड रुपैयाँ संकलन गरेको आचार्यले बताए। आकर्षक तलब-सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की सम्पर्कविहीन भए।
सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए। कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
सम्बन्धित













नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया