डा ओम फाउण्डेसनले २० लाखको छात्रवृत्ति प्रदान गर्ने

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले सञ्चालन गरेको डा. ओम फाउण्डेसनले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा फाउण्डेसनले गरेको हो ।
छात्रवृत्तिका लागि माघ १७ देखि फागुन ५ गतेसम्म समय तोकिएको छ । देशभरका सरकारी विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययन गर्दै गरेका विद्यार्थीले आवेदन दिन सक्ने फाउण्डेसनका अध्यक्ष डा. अनिलले जानकारी दिए ।
छात्रवृत्तिमा सहभागी हुन फाउण्डेसनको वेबसाइटमा रहेको छात्रवृत्ति फर्म भरेर आवेदन दिन सकिने उनले बताए ।
डा. अनिलका अनुसार छात्रवृत्तिका लागि २० लाख रुपैयाँ रकम छुट्याइएको छ । विद्यार्थी स्वयम्, विद्यालय वा अभिभावकले आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि आवेदन दिँदा साथमा विद्यार्थीको अघिल्लो कक्षाको ग्रेड सिट र चालु शैक्षिक शत्रका दुई वटा त्रैमासिक परीक्षाको ग्रेड सिट अपलोड गर्नुपर्ने छ।
यसका साथै विद्यार्थीको परिचयपत्र, आमा वा बुवाको नागरिकताको फोटो, परिवारको आर्थिक अवस्था कमजोर भएको पुष्टि गर्ने वडाको सिफारिस तथा विद्यार्थीको शैक्षिकस्तर सम्बन्धी विद्यालयको सिफारिस समावेश गर्नुपर्ने पनि डा. अनिलले बताए ।
प्राप्त आवेदनहरूबाट लाभग्राही विद्यार्थी छनोट गरिने फाउण्डेसनले जनाएको छ ।
















देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया