डा ओम फाउण्डेसनले २० लाखको छात्रवृत्ति प्रदान गर्ने

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले सञ्चालन गरेको डा. ओम फाउण्डेसनले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा फाउण्डेसनले गरेको हो ।
छात्रवृत्तिका लागि माघ १७ देखि फागुन ५ गतेसम्म समय तोकिएको छ । देशभरका सरकारी विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययन गर्दै गरेका विद्यार्थीले आवेदन दिन सक्ने फाउण्डेसनका अध्यक्ष डा. अनिलले जानकारी दिए ।
छात्रवृत्तिमा सहभागी हुन फाउण्डेसनको वेबसाइटमा रहेको छात्रवृत्ति फर्म भरेर आवेदन दिन सकिने उनले बताए ।
डा. अनिलका अनुसार छात्रवृत्तिका लागि २० लाख रुपैयाँ रकम छुट्याइएको छ । विद्यार्थी स्वयम्, विद्यालय वा अभिभावकले आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि आवेदन दिँदा साथमा विद्यार्थीको अघिल्लो कक्षाको ग्रेड सिट र चालु शैक्षिक शत्रका दुई वटा त्रैमासिक परीक्षाको ग्रेड सिट अपलोड गर्नुपर्ने छ।
यसका साथै विद्यार्थीको परिचयपत्र, आमा वा बुवाको नागरिकताको फोटो, परिवारको आर्थिक अवस्था कमजोर भएको पुष्टि गर्ने वडाको सिफारिस तथा विद्यार्थीको शैक्षिकस्तर सम्बन्धी विद्यालयको सिफारिस समावेश गर्नुपर्ने पनि डा. अनिलले बताए ।
प्राप्त आवेदनहरूबाट लाभग्राही विद्यार्थी छनोट गरिने फाउण्डेसनले जनाएको छ ।
















पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया