विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन ५ हजार केटाको प्रस्ताव

लन्डन । आजकल मानिसहरु सम्बन्ध बनाउन र तोड्न धेरै सहज भएको छ । खासगरी प्रेमी र प्रेमिकाको हकमा को कसको प्रेमी र प्रेमिका बन्ने भन्ने केही भन्न सकिन्न । यी सबैको बीचमा ‘विश्वको मोस्ट वान्टेड गर्लफ्रेन्ड’को निकै चर्चा भइरहेको छ ।
यी युवतीले एक–दुई मात्र होइन, पाँच हजार केटाको प्रस्तावलाई रिजेक्ट गरे पछि उनी थप चर्चामा रहेकी छिन् । करिब ५ हजार केटाहरूले उनका १५ प्रश्न भएको फारम भरेका थिए । उनको सर्त थियो, यसमा चित्त बुझेमा उनी त्यसलाइ ब्वाइ फ्रेन्ड बनाउने छिन । तर, उनले सही उत्तर नपाएको भन्दै त्यसपछि उनले ती सबैलाई अस्वीकार गरेकी हुन् ।
नेदरल्याण्डमा आधारित सामाजिक सञ्जालमार्फत भेरा डाइकमान्सले आफ्नो प्रेमी पत्ता लगाउन १५ प्रश्नहरूको सूची तयार गरेकी थिइन् । करिब ५ हजार केटाले भेरा डाइकम्यान्सलाई आफ्नो प्रेमी बन्ने इच्छा व्यक्त गरेर फारम पनि भरेका थिए तर अचम्मको कुरा ५ हजार केटाको आवेदनका बाबजुद पनि भेरा डाइकम्यान्स एक्लै रहेकी छिन् । उसले अहिलेसम्म आफ्नो जीवनसाथी फेला पारेकी छैनन् । भेरा डाइकमान्स हाल लन्डनमा बस्दै आएकी छिन् र सामाजिक सञ्जालमा ७० लाखभन्दा बढी फलोअर्स छन् ।
डाइकमान्सले भनिन, ‘मैले करिब ५ हजार आवेदन प्राप्त गरेँ तर तीन जना केटा मात्र मेरो लागि उपयुक्त थिए । म तीनै जनासँग डेटमा गएँ तर कसैसँग पनि सम्बन्ध स्थापित गर्न सकिनँ। र त म अझै पनि अविवाहित छु।’
भेरा डाइकमान्सले भनिन् कि ‘यी सबैको बाबजुद पनि म निराश छैन किनभने म मेरो प्रयोग सफल भएको ठान्छु किनभने मैले के चाहन्छु भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छु र त्यो मापदण्ड कसले पूरा गरेको छ भनेर पनि हेर्न सक्छु।’ यी युवतीसँग ५ हजार मध्ये डेटमा गएका ती ३ जना कसरी भेटिन् भन्ने प्रश्न उठेको छ ।
डाइकम्यानले उनको प्रेमी बन्न अनौठो आवेदन प्राप्त गरेकी हुन । करिब ५ हजार आवेदन क्रमबद्ध गरेपछि भेट्न आतुर रहेको तीनवटा मात्रै चिठ्ठी भेटिए तर मुद्दा अगाडि बढ्न भने अझै सकेको छैन । डाइकम्यानले मानिसहरूलाई राति ढिलो सन्देश पठाएमा वा डेटमा बाहिर जाने कुरा गरेमा उनी तयार नहुन सक्छिन भनेकी छिन । ‘यदि यो पहिले नै योजना छ भने तपाईं एक्लै जान सक्नुहुन्छ, यो मेरो कडा नियमहरू मध्ये एक हो।’
















Former Minister Upreti passes away
गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया