वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’

वासिङ्टन । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्दार कार्य जारी रहेको अधिकारीले बताएका छन्।
आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एयरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताए ।
उनले भने, “करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।”
स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । त्यसैगरी हेलिकप्टरमा तीन जना रहेका थिए ।













सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया