महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसा बलिउडमा डेब्यु गर्दै

काठमाडौं। भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेच्ने क्रममा चर्चामा आएकी मोनालिसा अब बलिउडमा डेब्यु गर्ने भएकी छन् ।
मोनालिसाले ‘डायरी अफ मणिपुर’ फिल्मका लागि साइन गरेकी हुन् ।
फिल्मको निर्देशन सनोज मिश्राले गर्नेछन् । निर्देशक मिश्राले मध्य प्रदेशको खरगोन जिल्ला स्थित महेश्वरमा मोनालिसाको घर गएर उनलाई आफ्ना आगामी फिल्मका लागि काष्ट गरेको बताइएको छ ।
फिल्मको छायांकन अघि उनलाई मुम्बईमा अभिनयको तालिम पनि दिइनेछ । फिल्म अक्टोबरमा रिलिज हुन सक्नेछ मोनालिसाले मार्च या अप्रिलदेखि फिल्मको सुटिङ सुरु हुनेछ ।
फिल्म मणिपुरको ज्वलन्त मुद्दामा आधारित रहेको बताइएको छ । बलिउड स्टार राजकुमार रावका दाई अमित राव पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेका छन् ।
मोनालिसा आँखाका कारण चर्चित बनेकी थिइन् । महाकुम्भमा माला बेचिरहेको उनको भिडियो सामाजिक सञ्जालमा एक्कासी भाइरल भएको थियो । उनको फोटो भिडियो खिच्न घुँइचो लाग्न थालेपछि मोनालिसाले माला बेच्ने काम नै छोडेर गाउँ फर्किनु परेको थियो ।














प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया