मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ अब नेपाली भाषामा

काठमाडौं । मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ। नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सीईओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन्।
सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ। यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे हो, जुन विश्वकै पहिलो ८००० मिटर अग्लो शिखर आरोहण थियो। यो पुस्तक दर्जनौं भाषामा अनूदित भई लाखौं प्रति बिक्री भइसकेको छ। यसले नेपाललाई विश्वभर पर्वतारोहण र साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित गराएको छ ।
तर अहिलेसम्म यो पुस्तक नेपाली भाषामा अनुवाद भएको थिएन। यस अनुवादको प्रकाशन नेपाली पाठकहरूका लागि एक महत्त्वपूर्ण उपलब्धि हुनेछ, जसले उनीहरूलाई यस अद्भुत साहसिक यात्रासँग आत्मीय रूपमा जोड्ने अवसर दिनेछ। फ्रान्सेली दूतावासद्वारा वित्तीय सहयोग रहेको यसको अनुवाद जिम्मेवारी प्रान्सेली केन्द्रलाई दिइएको थियो।
‘मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’ ले नेपाललाई विश्वभर चिनाउन ठूलो भूमिका खेलेको छ, तर यो अहिलेसम्म नेपाली भाषामा आउन सकेको थिएन,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘यस ऐतिहासिक कृतिलाई नेपालीमा अनुवाद गरेर हामी यो फ्रान्सेली–नेपाली आरोहण टोली तथा हर्जोग र लुइस लाचेनालको अद्वितीय उपलब्धिलाई सम्मान गर्न चाहन्छौँ। साथै यस पुस्तलाई आम नेपालीसम्म पुर्याउने हाम्रो प्रयास हो।’
मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’को नेपाली अनुवादलाई सहयोग गर्न पाउँदा फ्रान्सेली दूतावास गौरवान्वित भएको अनुवाद हस्तान्तरणका अवसरमा महामहिम राजदूत कोर्तभालले बताइन्। यस पुस्तकले नेपाललाई विश्वभर चिनाउने महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। ‘नेपाली भाषामा उपलब्ध भएपछि यस पुस्तकलाई धेरै नेपाली पाठकले आफ्नै भाषामा पढ्न पाउनेछन्। हामी आशा गर्छौं कि यस अनुवादले नेपाल र अन्यत्रका भावी पुस्ताहरूमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भनिन्।
हर्जोगको अन्नपूर्ण केवल साहस र सहनशीलताको कथा मात्र होइन; यो मानव दृढता, टोली भावना र अन्वेषणको अदम्य इच्छाशक्तिको कहानी हो। यसको रोमाञ्चक कथावस्तुका अतिरिक्त यस पुस्तकले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले नेपालमा पर्वतारोही र ट्रेकिङ यात्रीहरूको संख्या उल्लेखनीय रूपमा बढाएको छ, जसले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ र देशलाई साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गराएको छ।
फ्रेन्च भाषाका अध्यापकहरू अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले अनुवाद गरेको यस पुस्तकले नेपालको सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै आएको छ, जसले असंख्य व्यक्तिहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा र अनुपम हिमाली दृश्यहरू अन्वेषण गर्न प्रेरित गरेको छ। यसले नेपाललाई पर्वतारोहण र साहसिक यात्राका लागि अद्वितीय अवसरहरूको भूमिका रूपमा थप स्थापित गरेको छ।
नेपाली अनूदित संस्करण सन् २०२५ जुन ३ मा सार्वजनिक गरिनेछ, जुन दिन ठीक ७५ वर्षअघि मौरिस हर्जोग र लुइस लाचेनालले अन्नपूर्णको चुचुरोमा पाइला टेकेका थिए।
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया