कृषि उपज संकलन केन्द्र प्रयोगविहीन
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज संकलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज संकलन केन्द्र सञ्चालनमा प्रयोगविहीन भएको छ ।
सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको संकलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको हो । केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज संकलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा रु १५ लाखको लागतमा संकलन केन्द्र निर्माण गरेको हो । यसलाई कृषिउपज बिक्री केन्द्रका रूपमा सञ्चालन गर्ने पालिको दीर्घकालीन योजना रहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी बताए ।
प्रदेश सरकारबाट कार्यविधि र यसको सञ्चालनका लागि कुनै पनि योजना नहुँदा राज्यको लगानी प्रयोगविहीन भएको छ भने किसानले बजारीकरणको समस्या भोगिरहनुपरेको छ ।
यसैबीच, सुनवल–१३, बडेरामा स्थापना भएको मोतीलाल बहुमुखी क्याम्पसलाई बस उपलब्ध गराइएको छ । विद्यार्थीहरूको यातायात सहजतालाई दृष्टिगत गरी सुनवल नगरपालिकाले क्याम्पसलाई एउटा बस उपलब्ध गराएको नगरप्रमुख विमला अर्यालले जानकारी दिए ।
सुनवल नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु ३१ लाख ५० हजारबाट क्याम्पसका निम्ति बस खरिद गरिएको हो ।
विसं २०६५ मा स्थापना भएको क्याम्पसमा स्नातकतर्फ व्यवस्थापन संकाय र मानविकी संकाय गरी दुई सय ९० जना विद्यार्थी अध्ययनरत छन् ।
















बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया