कृषि उपज संकलन केन्द्र प्रयोगविहीन
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज संकलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज संकलन केन्द्र सञ्चालनमा प्रयोगविहीन भएको छ ।
सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको संकलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको हो । केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज संकलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा रु १५ लाखको लागतमा संकलन केन्द्र निर्माण गरेको हो । यसलाई कृषिउपज बिक्री केन्द्रका रूपमा सञ्चालन गर्ने पालिको दीर्घकालीन योजना रहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी बताए ।
प्रदेश सरकारबाट कार्यविधि र यसको सञ्चालनका लागि कुनै पनि योजना नहुँदा राज्यको लगानी प्रयोगविहीन भएको छ भने किसानले बजारीकरणको समस्या भोगिरहनुपरेको छ ।
यसैबीच, सुनवल–१३, बडेरामा स्थापना भएको मोतीलाल बहुमुखी क्याम्पसलाई बस उपलब्ध गराइएको छ । विद्यार्थीहरूको यातायात सहजतालाई दृष्टिगत गरी सुनवल नगरपालिकाले क्याम्पसलाई एउटा बस उपलब्ध गराएको नगरप्रमुख विमला अर्यालले जानकारी दिए ।
सुनवल नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु ३१ लाख ५० हजारबाट क्याम्पसका निम्ति बस खरिद गरिएको हो ।
विसं २०६५ मा स्थापना भएको क्याम्पसमा स्नातकतर्फ व्यवस्थापन संकाय र मानविकी संकाय गरी दुई सय ९० जना विद्यार्थी अध्ययनरत छन् ।
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया