एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा
मेरोन्यूज
२०८१ माघ १८ गते ११:०८

काठमाडौं। एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ।
सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री पक्रिया अघि बढाइने बैंकले जनाएको छ।
सम्बन्धित









एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
UML 11th National Congress elects office-bearers
एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
प्रतिक्रिया