बुधबार, वैशाख १६, २०८३

इजरायली सेनाले गर्याे थप २ प्यालेस्टाइनीको हत्या

मेरोन्यूज २०८१ माघ १८ गते १९:२६

गाजा । वेस्ट बैंकको जेनिन गभर्नोरेटमा इजरायली सेनाले दुई प्यालेस्टाइनीको हत्या गरेको छ । 

Advertisement
NiccNicc

यस क्षेत्रमा झण्डै दुई हप्ता अघि ठूलो आक्रमण सुरु भएदेखि यस क्षेत्रमा मारिएका व्यक्तिहरूको कुल संख्या १९ पुगेको छ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार जेनिन शरणार्थी शिविर भित्र इजरायली सेनाको अपरेशनको क्रममा बिहीबार अबेर राति इजरायली सेनाले दुई प्यालेस्टाइनीको गोली हानी हत्या गरेको हो ।

वाफा समाचार एजेन्सीले दुई व्यक्तिको पहिचान खुलेको जनाएको छ, जस अनुसार मारिनेमा याजान हातम अल हसन र अमिर अबु हसन रहेका छन ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार शरणार्थी शिविरको भवनमा इजरायली हवाई हमलाबाट जेनिनमा तीन मध्यम उमेरका प्यालेस्टिनी महिलालाइ नियन्त्रणमा लिइएको छ । 

बुधबार इजरायलका रक्षा मन्त्री इजरायल काट्जले भनेका थिए कि, ‘ जारी आक्रमण आतंकवादी पूर्वाधार नष्ट गर्ने उद्देश्यले गरिएको हो र सो अपरेशन पूरा भए पछि इजरायली सेना शिविरमा फर्कनेछ ।

जेनिनमा पछिल्लो हमलामा आफ्नो एक सैनिक मारिएको घोषणा गर्दै जवाफी कारबाही गरेको जनाएको छ ।

प्रतिक्रिया