सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न
मेरोन्यूज
२०८१ माघ १८ गते २१:३६

काठमाडौँ । नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि आमनागरिकलाई जानकारी दिने उद्देश्यले बृहत् फोटो तथा हतियारलगायतका सामग्री प्रदर्शनी सम्पन्न भएको छ ।

यही माघ १५ गतेदेखि जंगी अड्डामा सञ्चालित सो प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दललगायत गतिविधि समेट्ने गरी कूल २९ वटा स्टल राखिएका थिए ।

प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको विकास क्रम र हाल सम्पादन गरिरहेको विविध जिम्मेवारीबारे जानकारी प्राप्त भएको विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया