सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न
मेरोन्यूज
२०८१ माघ १८ गते २१:३६

काठमाडौँ । नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि आमनागरिकलाई जानकारी दिने उद्देश्यले बृहत् फोटो तथा हतियारलगायतका सामग्री प्रदर्शनी सम्पन्न भएको छ ।

यही माघ १५ गतेदेखि जंगी अड्डामा सञ्चालित सो प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दललगायत गतिविधि समेट्ने गरी कूल २९ वटा स्टल राखिएका थिए ।

प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको विकास क्रम र हाल सम्पादन गरिरहेको विविध जिम्मेवारीबारे जानकारी प्राप्त भएको विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया