शुक्रबार, वैशाख ११, २०८३

उदित नारायणले लाइभ शो मै युवतीलाई चुम्बन गरेपछि…

मेरोन्यूज २०८१ माघ २० गते १२:०५

काठमाडौं। गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ । भिडियो लाइभ कन्सर्टको हो, जहाँ गायकले आफ्नी महिला फ्यानलाई चुम्बन गरेका छन्। अहिले उनको सो भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्को ट्रोल भइरहेकाै छ ।

Advertisement
NiccNicc

भिडिओलाई लिएर हङ्गामा भएपछि उदितले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा यसबारे स्पष्टीकरण दिएका छन् ।

उनले यो क्षणलाई ‘प्रेमको अभिव्यक्ति’ भनेका छन् । उदितले भने, “फ्यानहरू धेरै पागल छन्, होइन र ? हामी सभ्य मानिस हौँ। कतिपयले यसलाई प्रोत्साहन गर्छन् र यसमार्फत आफ्नो प्रेम व्यक्त गर्छन् । यो कुरा उडाएर के गर्ने ? भीडमा धेरै मानिसहरू छन् र हामीसँग अंगरक्षकहरू पनि छन् । तर, फ्यानहरुले भने भेट्ने मौका पाएको महसुस गरेका छन् । त्यसैले कसैले हात फैलाउँछ, कसैले हात चुम्बन गर्छन् । यो सब पागलपन हो, यसमा त्यति ध्यान दिनु हुँदैन ।”

गायकले थप भने, “मेरो परिवारको छवि यस्तो छ कि सबैले विवाद चाहन्छन् । मेरो छोरा आदित्य सधैँ शान्त छ। विवादमा आउँदैन । जब म स्टेजमा गाउँछु यो पागलपन हो। फ्यानहरूले मलाई माया गर्छन्, मलाई पनि लाग्छ उनीहरू खुसी होउन्। खैर, हामी यस प्रकारका मानिसहरू होइनौं। हामीले पनि उनीहरुलाई खुशी बनाउनुपर्छ ।”

शोमा उदित फिल्म ‘मोहरा’ को हिट गीत ‘टिप–टिप बरसा पानी’ गाउँदै गरेको देखिन्छ । त्यसपछि केही महिला फ्यानहरू उनीसँग सेल्फी लिन स्टेज नजिक पुग्छन्। उदितले पनि मायापूर्वक उनीसँग सेल्फी लिन्छन् । त्यसपछि महिला फ्यानले सेल्फी लिँदै उनको गालामा चुम्बन गर्छिन्। त्यसपछि गायकले उनको ओठमा चुम्बन गर्छन्।

प्रतिक्रिया