मोटर स्पोर्टसका खेलाडी तथा पदाधिकारीहरुलाई सम्मान

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले नेपालको प्रतिनिधित्व गर्दै मोटर स्पोर्टस प्रतिस्पर्धामा सहभागी खेलाडी तथा पदाधिकारीलाई सम्मान गरेको छ ।
उक्त अवसरमा नेपालले सन् २०२४ मा स्पेनमा आयोजित वर्ल्ड मोटर स्पोर्टस गेम्समा सहभागिता जनाएको ऐतिहासिक उपलब्धिलाई विशेष रूपमा सम्मान गरिएको नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्य र बोर्ड सदस्यलाई नासा नेपालले स्वागत गर्नुका साथै अन्तर्राष्ट्रिय मोटर स्पोर्टस प्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गरेका खेलाडी तथा पदाधिकारीलाई सम्मान गरिएको थियो।
ध्रुव आचार्य, उपाध्यक्षका साथै सदस्यहरु सुवर्णकेशरी श्रेष्ठ, रञ्जना प्रधान श्रेष्ठ, नन्दा बस्याल, रामचन्द्र श्रेष्ठ, हिमालकुमार श्रेष्ठ र जगत धामीलाई मन्त्री, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई र नासा नेपालका अध्यक्ष दसरथ रिसालले बधाई पत्र प्रदान गर्दै कार्य सफलताको शुभकामना दिए ।
उक्त अवसरमा नासाका अध्यक्ष दशरथ रिसाल, दिप्रश शाक्य, ईस्पोट्रस विधा, कृष्णप्रसाद पौडेल अटो–सलालम विधा, प्रज्ञा कँडेल अटो–सलालम विधा, यदुराज लामिछाने टोली व्यवस्थापक, टीकाराम यात्री पत्रकार प्रतिनिधिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नासा नेपालका सचिव दिप्रश शाक्यले आफ्नो र्याली सवारी संस्थालाई हस्तान्तरण गरे।















लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया