प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक

काठमाडौं । सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ। आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन्।
गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्। छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन्। गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको सङ्घर्ष पछि प्राप्त सफलतालाई दर्साइएको छ, जसमा अभिनेता प्रदिप खड्काको सफलता देखाइएको छ।
यस चलचित्रमा प्रदिप सहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।










नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया