गण्डकी प्रदेश स्थापना दिवस : वृद्धाश्रमलाई सहयोग

गण्डकी। गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज पोखरा महानगरपालिका–१७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
प्रदेश सरकारकातर्फबाट सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एक समारोहबीच वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरे । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश स्थापना दिवसका अवसरमा सहयोग गरेको बताए । पोखरा वृद्धाश्रमले असहाय ज्येष्ठ नागरिकलाई पु¥याइरहेको सहयोगको प्रशंसा गर्दै मन्त्री थापाले प्रदेशका तर्फबाट निरन्तर साथ र सहयोग रहने विश्वास दिलाए
प्रदेशसभा सदस्य महेश भट्टराईले ज्येष्ठ नागरिकलाई सहयोग गर्नु राज्यको दायित्व भएको बताए । वृद्धाश्रमका अध्यक्ष पराजुलीले वृद्धाश्रमले २०५३ सालदेखि असहाय ज्येष्ठ नागरिकलाई सहारा प्रदान गरिरहेको बताए । कार्यक्रममा प्रदेशका प्रमुख सचिव रघुराम विष्ट, मुख्यमन्त्रीको कार्यालयका सचिव केशवराज ढकाल, मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।













बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया