आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान (सुनसरी)। इटहरी राजा फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै आरटिसी भुटान २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको खेलमा इटहरी राजा क्लब र आरटिसी भुटानबिच भएको खेलको नवौँँ मिनेटमा भुटानका सोनम एसहेले गोल गर्दै अग्रता दिलाएका थिए।
दोस्रो हाफको सातौँ मिनेटमा भुटानका सोनम जुद्रु जोइजाङले गोल गरेका थिए भने १४ औँ मिनेटमा कर्मा जोम्सोले र अन्तिम गोल नन्दय एसेनले गरे। दास्रो हाफकै ३१ औँ मिनेटमा इटहरी राजा क्लबका खेलाडी एलक्सले सान्त्वना गोल फर्काउन सफल भए।
आजको खेलको म्यान अफ दी म्याच सोनम एसहे घोषित भए। उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरे। प्रतियोगितामा आठ टिमको सहभागिता छ। सोमबारको अन्तिम क्वाटर फाइनल खेल एनआरटी क्लब काठमाडौं र केएफटिसी झापाबिच हुने आयोजकले जनाएको छ।
यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अफ दी म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया