ठगीमा संलग्न रहेको आरोपमा २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल बनाई ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका-७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ घर भएका २१ वर्षीय ईन्द्रजित यादव रहेका छन्।
नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई सोही ईमेल मार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेको हो।
उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया