रौतहटमा १२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु

रौतहट । रौतहट स्थित बिधुतकाचे १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ।
जिल्लाको मध्यभाग गरुडा–४ घरभएर गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मृत्यु भएको हो।
गरुडा नगरपालिका जयनगरस्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलबस १२ हजार भोल्टको तार छुन गई अमिन साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवले बताएका छन्।
लगत्तै, गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्सबाट बिरगंज गण्डक अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको इन्स्पेक्टर यादवले जानकारी दिए मृतक अमिन रामजी साहको शव पोष्मार्टमका लागि नारायणी अस्पताल बिरगंजमा राखिएको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बताएका छन्।
मृतक अमिनको १ छोरा र १ छोरी रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।















रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया