आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा छ महिनामा ४ अर्ब राजस्व सकंलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व सकंलन गरेको छ । कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व सकंलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईले गत आवको तुलनामा चालु आवमा राजस्व सकंलन उत्साहजनक रहेको जानकारी दिए ।‘‘चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फको राजस्व सकंलनमा वृद्धि भएको छ,’’ उनले भने ।
कार्यालयले चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख राजस्व सकंलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने अन्तः शुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व सकंलन गरेको थियो ।
कार्यालयले चालु आवको छ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख राजस्व सकंलन गरेको छ । गत आवको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व सकंलन गरेको थियो । कार्यालयले चालु आवमा आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख राजस्व सकंलन गरेको छ ।
जबकी गत आवको सोही अवधिमा भने १६ करोड ९८ लाख राजस्व सकंलन गरेको थियो । चालु आवको छ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व सकंलन ग¥यो भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व सकंलन गरेको थियो ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया