भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

काठमाडौं । फेब्रुअरी महिनालाई प्रेमिल जोडीहरुको महिना मान्ने गरिन्छ । उनीहरुका लागि फेब्रुअरी महिना निकै विशेष हुन्छ।
फेब्रुअरीको दोस्रो साता अर्थात आजबाट प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्छन् । माया गर्नेहरूका लागि आजबाट हरेक दिन उत्सव जस्तै हुन्छ । प्रेम गर्ने जोडीहरूले साताभर आफ्नो पार्टनरसँग प्रेम व्यक्त गर्न विभिन्न तरिकाहरू अपनाउँछन् त्यसैले प्रेमको यो हप्तालाई भ्यालेन्टाइन साता मान्छन् ।
भ्यालेन्टाइन सप्ताहका सात दिनमा प्रेमिल जोडीहरुले विभिन्न तरिकाले प्रेम व्यक्त गर्ने गर्छन् । यो आज ७ फेब्रुअरीदेखि सुरु भएर १४ फेब्रुअरी सम्म मनाइन्छ ।
भ्यालेन्टाइन सप्ताहको पहिलो दिनलाई गुलाफ दिवस (रोज डे) को रूपमा मनाउँछन् । प्रेम गर्ने जोडीहरूले रातो गुलाफ फूलको सहायताले आफ्नो प्रेम व्यक्त गर्छन् ।
यसैगरी दोस्रो दिन फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ किस डे र फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाउँछन् ।
भ्यालेन्टाइनमा गुलाफको फूल अफ्नो प्रेमी, प्रेमिकालाई दिए प्रेम सफल हुने विश्वास रहँदै आएको छ ।
कसरी सुरु भयो भ्यालेन्टाइन डे ?
प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमनका सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो ।
उनले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए । सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राटको निर्णय धर्मविरुद्ध हो भन्ने मान्दथ्य । उनी अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्दथ्य। त्यसैले भ्यालेन्टाइनले युवा युवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह गर्ने गर्दै हिड्ने गर्दथ्य।
आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राटले ईपू २७० को १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिएको थियो ।
प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा उनका अनुयायीहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरेका थिए ।
पश्चिमा देशहरुबाट सुरु भएको भ्यालेन्टाइन पछिल्लो वर्षहरुमा विश्वभर मनाइदैँ आइएको छ ।


















जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया