सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंककमा आयोजना भएको ICC २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ।
कम्पनीले “उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति,” “बीमा क्षेत्रमा महिला नेतृत्व,” तथा “उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा” विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यवसायिक उत्कृष्टता प्रमाणित गरेको छ।
बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले ग्रहण गरेका थिए ।
यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ। यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्नेछ ।

साथै, सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित छ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया