थ्री बाई थ्री बास्केटबलमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका टिम खेल्ने

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै संघले बुधबारसम्म हुने प्रतियोगितामा ३२ टिम सहभागी हुने जानकारी गरायो।
प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन्। त्यस्तै, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी हुने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए।
दुई टिमको टुंगो लाग्न बाँकी छ। महासचिव थापाका अनुसार नेपाली टिमले दुईजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। जसमध्ये १ खेलाडीमात्रै कोर्टमा उत्रने नियम छ।
पहिलो संस्करण भव्य आयोजना भएपछि दोस्रो संस्करण आयोजना गरेको संघका अध्यक्ष भीम गुरुङले बताए। ‘पहिलो संस्करण हामीले निकै भव्य आयोजना गरेका थियौँ। पहिलो संस्करण नै राम्रो भएपछि निरन्तरता दियौँ। दोस्रोमा झनै राम्रो खेल हुने विश्वास छ।’
प्रतियोगिता व्यवस्थापनको सबै जिम्मेवारी आइडिया पिक्सेलले गरेको छ। पत्रकार सम्मेलनमा आइडिया पिक्सेलको तर्फबाट पवनराज जोशीको सहभागिता रहेको थियो। थी बाई थ्रीका कोअर्डिनेटर तथा केन्द्रीय सदस्य शरद बिष्टले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए।
संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट कुनै सहयोग नभएको बताएका छन्। ‘हामीले यो सबै खर्च आफ्नो लागत र स्पोन्सरकै सहयोगले गर्दै छौँ। राखेपबाट कुनै सहयोग भएको छैन,’ गुरुङले भने, ‘राखेप सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ। तर, हामी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आधा मात्रै खर्च बेहोर्दिनुस् भनेका छौँ। तर, उहाँले दिनुहुन्न।’
संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना हुने जनाएको छ। ‘हामीले नेपाली भूमि खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्तानबिच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दै छौँ। यसमा दुवै टोलीको समर्थन रहेको छ।’
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया