एम्बाप्पेले रियल म्याड्रिडलाई हारबाट जोगाए

काठमाडौं । शनिबार भएको स्पेनिस ला लिगाको तनावपूर्ण म्याड्रिड डर्बी बराबरीमा सकिएको छ। रियल म्याड्रिडलाई हारबाट जोगाउने क्रममा स्टार खेलाडी केलिएन एम्बाप्पेले गोल गरे। खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिको म्याड्रिडलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको पाँचौँ मिनेटमा जुड बेलिङघमको प्रहार रिबाउन्ड भएर आफ्नो अघि आइ पुगेपछि एम्बाप्पेले गोल गरेका थिए। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बेलिङघमको एक प्रहार क्रस बारमा लागेको थियो भने एक प्रहार विपक्षी गोल रक्षक जान ओबलाले बचाएका थिए।बराबरीले तालिकामा रियल एट्लेटिकोलाई एक अङ्कले पछि पार्दै अग्रता कायम राख्न सफल भएको छ।
स्पेनिस ला लिगाका शनिबार भएका अन्य खेलमा सेल्टा भिगोले रियल बेटिसलाई ३-२ ले हरायो। एथलेटिको क्लबले गिरोनालाई ३-० ले र भिल्लारियलले लास पल्मासलाई २-१ ले हराएको छ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया