बिहीबार, पुष ३, २०८२

दोहोरो अंकले घट्याे सेयर बजार

मेरोन्यूज २०८१ माघ २७ गते १५:५१

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आइतबार नेप्से परिसूचक ११ दशमलव ४९ अंकले घटेर २६८८.३१ को विन्दुमा रोकिन पुगेको छ ।

जसअनुसार आज  ३०५ कम्पनीका ८४ हजार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री हुदाँ आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ खरिदबिक्री हुन पुगेको छ । 

आन ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रहेकाे छ ।

प्रतिक्रिया