इजरायलद्वारा वार्ताकारलाई दोहा जान निर्देशन

देइर एल–बलाह । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) युद्धविरामअन्तर्गत सहमति भएको बन्धक र कैदीको पाँचौं समूहको अदलाबदली पूरा भएपछि हमाससँगको युद्धविरामबारे छलफल गर्न वार्ताकारलाई कतार फर्कन शनिबार आदेश दिएका छन् ।
उनले गाजामा तीन जना बन्दीलाई सुपुर्दगी गरेपछि हमासलाई विस्थापित गर्ने र बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्ने आफ्नो प्रतिज्ञा दोहो¥याए । उनले लडाकू समूहलाई ‘गैर–मानव’ को रूपमा निन्दा गरेका छन् ।
यसैबीच, शनिबारको अदलाबदलीमा गाजाबाट शनिबार रिहा गरिएका तीन जना इजरायली बन्धकको उपचार गरिरहेको अस्पतालले ओर लेभी र एली शाराबीको स्वास्थ्य अवस्था ‘खराब’ रहेको र ओहद बेन अमीको ‘पोषणको गम्भीर कमीको अवस्था’ रहेको जनाएको छ।
बदलामा इजरायलले रिहा गरेका १८३ कैदीमध्ये सात जनालाई अस्पताल भर्ना गर्नुपर्ने र जेलमा ’क्रूरता’ र दुव्र्यवहारको निन्दा गरेको प्यालेस्टिनी प्रिजनर्स क्लब एडभोकेसी ग्रुपले जनाएको छ ।
इजरायली हिरासतबाट रिहा भएकामध्ये ४१ जना पश्चिम किनाराको रामल्लाह शहर, चार जना इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलम, १३१ जना गाजामा र सात जना इजिप्टमा निर्वासित भएका छन् ।
– ‘सम्झौतालाई खतरामा पार्न सक्छ’ –
युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले युद्धविरामको अर्को चरणमा वार्ता सुरु हुन लागेका बेला गत महिना युद्धविराम लागू भएयता पाँचौँ पटक युद्धविराम भएको हो ।
तर हमासका वरिष्ठ अधिकारी बासेम नईमले शनिबार जारी विज्ञप्तिमा भनेका छन्, “इजरायलको ढिलासुस्ती र पहिलो चरणको कार्यान्वयन प्रतिबद्धताको कमीले यस सम्झौतालाई खतरामा पार्छ र यसैले यो रोक्न वा पतन हुन सक्छ।”
एएफपीसँगको अन्तर्वार्तामा उनले गाजा पट्टीमा कठिन परिस्थितिमा बसोबास गरिरहेका बन्धकहरूको अवस्था स्वीकार्य रहेको दावी गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिएर त्यहाँका बासिन्दालाई सफाया गर्नुपर्ने सुझाव दिएपछि शनिबारको अदलाबदली भएको हो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा लडाकुले कब्जामा लिएका तीनै जना इजरायली बन्धक शनिबार ‘सीमा पार गरी इजरायली भूमिमा प्रवेश गरेका’ इजरायली सेनाले जनाएको छ ।
इजरायली सेनाले आक्रमणका क्रममा बन्धक बनाइएका २५१ मध्ये ७३ जना गाजामै रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको जनाएको छ ।











रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया