बिहीबार, पुष ३, २०८२

तोलामा १४ सय बढ्यो सुन, भाउ कति पुग्याे ?

मेरोन्यूज २०८१ माघ २८ गते ११:०५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ९७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया