‘पाथीभरा केबलकार विवाद वार्ताबाट समाधान गर्नुपर्ने’

मोरङ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्गको पाथीभरा केबलकार विवाद वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त विवादमा दुवै पक्षले एकअर्कालाई सम्मानका साथ मिलेर समाधान गर्न आग्रह गरे ।
अध्यक्ष मगरले उक्त स्थानमा भएका घटनाका सम्बन्धमा अनुगमन गरी विज्ञप्तिसमेत जारी गरेको जानकारी दिए । उनले आयोगमा आएको नागरिकतासम्बन्धी उजुरीलाई सम्बन्धित ठाउँमा पठाइ समस्या समाधान गरेको बताए ।
कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेल र प्रदेश कार्यालयका प्रमुख बिरबहादुर वुढामगरले आयोग प्रत्येक घटनाप्रति जानकार रहेको र अनुसन्धान गरी कारवाहीका लागि काम गरिरहेको बताए ।
कार्यक्रममा सहभागीहरुले आयोगले एकल महिलाका, बालबालिकाका, नागरिकता समस्या समाधान गर्न र सञ्चारमाध्यमा आएका मानवअधिकार उल्लङ्घनका घटनामा आवश्यक अनुगमन गर्न सुझाव दिए ।

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया