शनिबार, वैशाख २६, २०८३

बुधबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

मेरोन्यूज २०८१ माघ ३० गते ७:२९

काठमाडौं ।आज २०८१ साल माघ ३० गते बुधबार सन् २०२५ फेब्रुअरी १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

Advertisement
NiccNicc

राष्ट्र बैंकका अनुसार लगातार बढिरहेको अमेरिकी डलर बुधबार घटेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपियाँ २७ पैसा कायम थियो भने बुधबार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ६३ पैसा र बिक्री दर १३९ रुपियाँ २३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपियाँ २ पैसा र बिक्री दर १४३ रुपियाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपियाँ४० पैसा र बिक्री दर १७२ रुपियाँ१४ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपियाँ २ पैसा र बिक्री दर ३८ रुपियाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया