सलमान र आमिरको यो फिल्म ३४ वर्षपछि फेरि रिलिज हुँदै

मुम्बई। फिल्म निर्माता निर्देशक राजकुमार सन्तोषीको कमेडी फिल्म ‘अंदाज अपना अपना’ यसै वर्षको अप्रिलमा पुनः हलमा रिलिजको लागि तयार गरिएकाे छ ।
फिल्ममा सलमान खान र आमिर खान महत्वपूर्ण भूमिकामा रहेका छन् । रोमान्स र कमेडीले भरिपूर्ण यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको थिएन ।
सन् १९९४ मा आएको यो चलचित्रले बक्स अफिसमा खासै राम्राे ब्यापार नगरेपनि टिभीमा आएपछि भने फिल्मले ठूलो सफलता हासिल गरेको थियो । फिल्ममा आमिर–सलमानको केमेस्ट्रीको पनि निकै तारिफ भएको थियो ।
निर्देशक सन्तोषीले भने, ‘अंदाज अपना अपना’ मेरो मुटुको धेरै नजिक छ र यो फिल्म यसै वर्ष अप्रिलमा रिलिज हुने कुरा सुनेर म निकै उत्साहित छु ।’
‘अंदाज अपना अपना’ एक एक्सन कमेडी फिल्म हो। फिल्ममा सलमान र आमिरका साथै रविना टण्डन, करिश्मा कपूर, परेश रावल र शक्ति कपूरको पनि अभिनय रहेको छ । यो फिल्म पहिलो पटक नोभेम्बर ४, १९९४ मा रिलीज भएको थियो।



















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया