सलमान र आमिरको यो फिल्म ३४ वर्षपछि फेरि रिलिज हुँदै

मुम्बई। फिल्म निर्माता निर्देशक राजकुमार सन्तोषीको कमेडी फिल्म ‘अंदाज अपना अपना’ यसै वर्षको अप्रिलमा पुनः हलमा रिलिजको लागि तयार गरिएकाे छ ।
फिल्ममा सलमान खान र आमिर खान महत्वपूर्ण भूमिकामा रहेका छन् । रोमान्स र कमेडीले भरिपूर्ण यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको थिएन ।
सन् १९९४ मा आएको यो चलचित्रले बक्स अफिसमा खासै राम्राे ब्यापार नगरेपनि टिभीमा आएपछि भने फिल्मले ठूलो सफलता हासिल गरेको थियो । फिल्ममा आमिर–सलमानको केमेस्ट्रीको पनि निकै तारिफ भएको थियो ।
निर्देशक सन्तोषीले भने, ‘अंदाज अपना अपना’ मेरो मुटुको धेरै नजिक छ र यो फिल्म यसै वर्ष अप्रिलमा रिलिज हुने कुरा सुनेर म निकै उत्साहित छु ।’
‘अंदाज अपना अपना’ एक एक्सन कमेडी फिल्म हो। फिल्ममा सलमान र आमिरका साथै रविना टण्डन, करिश्मा कपूर, परेश रावल र शक्ति कपूरको पनि अभिनय रहेको छ । यो फिल्म पहिलो पटक नोभेम्बर ४, १९९४ मा रिलीज भएको थियो।














कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया