‘नेपालको भूगोलका लागि क्रेटा सबैभन्दा उपयुक्त ईभी’ (भिडियाेसहित)
क्रेटा आफैमा प्रमाणित ब्राण्ड हो । यो नै ईभीको भर्जनमा आउन लागेको भएर कस्टमरहरुमा निकै उत्साह भएकाे पाएका छौं । देशभरका हाम्रा डिलरहरुमा उपभोक्ताहरुले इन्क्वाइरी गरिरहनुभएको छ ।

काठमाडाैं । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी ग्रुपले छिट्टै नै नेपालमा क्रेटा ईभी भित्र्याउँदैछ ।
१७ जनवरीमा भारतमा सार्वजनिक भएसँगै नेपाली उपभाेक्ताहरु पनि यसकाे पर्खाइमा छन् । लक्ष्मी ग्रुपले यसअघि नै नेपालमा हुन्डाईको प्रिमियम ईभी ‘आयोनिक ५’ को दुई वटा भर्सन र कोनाको दुई वटा भर्सन भित्र्याइसकेको छ ।
क्रेटाले आईसीई सेग्मेन्टमा निकै लाेकप्रियता बटुलेकाे छ । अहिले ईभी पनि आउने भएपछि यसकाे चाैतर्फी चर्चा भइरहेकाे छ ।
नेपालमा चिनियाँ लगायतका ईभी भित्र्याउने क्रम बढिरहेका बेला आउन लागेकाे क्रेटा ईभीले कस्ताे पर्फमेन्स गर्ला भनेर चासाेका रुपमा हेरिएकाे छ ।
यसै सन्दर्भमा लक्ष्मी ग्रुप अन्तर्गत हुन्डाईको बिक्री तथा सञ्चालन महाप्रबन्धक दीपक थपलियासँग मेरोन्यूजकर्मी उर्मिला शर्माले गरेको कुराकानी :
क्रेटाको आईसीई सेग्मेन्ट नै निकै लोकप्रिय छ । ईभी चाहिँ किन ल्याएकाे ?
नेपालमा अहिले ईभीको एडप्टेसन बढ्दो क्रममा छ । झण्डै ७४ प्रतिशत एडप्टेशन हुनु भनेको संसरकै उच्च मध्येको एक हो ।
नेपाल ईभीमय हुनुको कारण चाहिँ यसप्रतिको आर्कषण र एडप्टेसन मात्र होइन । लागतले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ । सरकारले आईसीईको तुलनामा ईभीको आयात शुल्कमा निकै छुट दिएको छ । उपभोक्ताहरुमा पनि सरकारले यतिबेला छुट दिएको छ किनिहालौँ भन्ने मानसिकता छ । जसले गर्दा यसप्रतिको एडप्टेसन बढिरहेको हो । तर हामीले चाहिँ त्यही लाइनअप भएर ल्याएको होइन । हाम्रो ईभी लाइनअप पहिले देखी नै थियो । हुन्डाईले सन् २०१८ मा नै आयोनिक र २०१९ मा कोना नामक ईभी गाडी ल्याइसकेको थियो ।
हाम्रो सोचाइमा ईभी, आईसीई भनेको उपभोक्ताहरुको पार्ट अफ जर्निको मोबिलिटीको साथी हो, साधन हो । कुनै ब्याट्रीले चलला, कुनै प्रेटोलले, भविश्यमा हाड्रोजनले अथवा अरु केहीले चलला त्यो फरक कुरा हो । तर हाम्रो लाइनअप भनेको उपभोक्ताहरुको च्वाइसको भेराइटी हुनुपर्छ भन्ने हो ।
क्रेटा ईभी नेपाल भित्रिनुअघि कस्टमरहरुबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हुन्डाई प्रतिको विश्वास कस्टमरहरुमा निकै भएको पाएका छौँ । ईभी मात्रै होइन हामीले ल्याएका जुनैसुकै गाडीमा पनि उपभोक्ताहरुले विश्वास देखाउनुहुन्छ । हुन्डाईले आफुले गरेको प्रतिवद्धता पुरा गर्छ भन्ने वातावरण बनाएका छौं ।
क्रेटा आफैमा प्रमाणित ब्राण्ड हो । यो नै ईभीको मोबिलिटी भर्जनमा आउन लागेको भएर कस्टमरहरुमा निकै उत्साह भएकाे पाएका छौं । देशभरका हाम्रा डिलरहरुमा उपभोक्ताहरुले इन्क्वाइरी गरिरहनुभएको छ । एकदमै खुसी हुने खालका प्रतिकिया पाइरहेका छौं ।

ईभी त धेरै आइरहेका छन् नेपालमा । क्रेटाले केही नयाँ दिन्छ कि कस्टमरलाई ?
हामी कस्टमरलाई के दिँदैछौं भन्दापनि कसरी दिन्छौं भन्नेमा विश्वास गछौं । ईभी किन्ने माइन्डसेट बनाएकाहरुलाई गाह्रो त छैन । २०, २५, ३० लाख हालेर पाइहाल्नुहुन्छ । तर किनिसकेपछि विभिन्न पेन पोइन्ट भएको थाहा हुन्छ । यिनै पेन पोइन्टको समाधानमा हुन्डाई जत्तिको तयारी र अन्डस्ट्याडिङ मेरो विचारमा अरु कुनै ब्राण्डको छैन । कस्टमरले हामीबाट जे अपेक्षा गर्नुहुन्छ त्यो पुरा गर्नुपर्छ भन्ने हाम्रो भिजन हो ।
कस्तो छ त क्रेटा ईभी, फिचर के-के छन् ?
गाडीको फिचरको कुरा गर्नुपर्दा क्रेटा ईभी आफैमा कम्प्लिट एसयुभी हो । भारत र नेपालको सडक, हावापानी मिल्दो जुल्दो छ । यो गाडी भारतमा बनेको हुनाले यहाँका लागि उपयुक्त भइहाल्छ । यो सेग्मेन्टको लागि नेपाली बाटोको लागि मस्ट सुइटेबल गाडी हो क्रेटा ईभी ।
यो ईभीको ग्राउन्ड क्लियरेन्स २०० एमएमको छ । गाउँ तिरको बाटोको लागि पनि यो उपयुक्त छ । चार्जिङको कुरा गर्दा गाडी आफैले ११ किलोवाट इन्टेक गर्छ । घरमै ४/५ घण्टामा फुल चार्ज हुन्छ । गाडीमा एउटा फुलसाइजको स्पेयर टायर आउँछ, जसले गर्दा गाडी पंक्चर भइहाले समस्या भएन ।
यो गाडीमा एनएमसी ब्याट्री छ । हामीले टेस्ट ड्राइभ गर्दा ८ किलोमिटर प्रतिकिलोवाट अचिभ गरेको पायौं । यसबाहेक गाडीमा डुवल एसी छ, एउटा एसी डिएक्टिभेट गरेर इर्नजी सेभ गर्न मिल्छ । त्यो इनर्जीले गाडीको रेञ्ज बढाउन पनि सहायता गर्छ । यी सबै मुख्य विषयहरुमा हुन्डाइले राम्ररी सम्बोधन गरेकाले उपभोक्ताहरुलाई कुनै तनाव हुँदैन ।

आफ्टर सेल्स सर्भिसमा कस्तो सुविधा छ ?
यो विषयमा उपभोक्ता आफैपनि सचेत हुन आवश्यक छ । आफुले गाडी किन्दा कम्पनि कति वर्ष पुरानो हो, उपभोक्तालाई कस्तो डेलिभरी दिइरहेको छ राम्ररी बुझ्नुपर्छ ।
हामीसँग २०१८ देखीका ईभी सर्टिफाइड जनशक्ति छन् । ५० भन्दाबढी त हामीकहाँ इन्जिनियर मात्र छन् ।
स्पेयर पार्टसाे कुरा गर्नुपर्दा क्रेटा ईभी आइसीई प्ल्याटफर्म मै बनेको हुनाले धेरै जसो पार्टस आइसीई कै लाग्छ । र गाडी पनि भारतमै बनेको हुनाले ८०/९० पार्टस पाउन सहज हुने भयो ।
हुन्डाईले उपभोक्ताहरुको एक एक कम्प्लेनलाई सिरियस भएर बुझ्छ । यो उहाँहरुले दिइरहनुभएको रेस्पोन्सले पनि प्रमाणित गरिसकेको छ ।
नेपाल कहिले आइपुग्छ गाडी ?
भारतमा गाडी सार्वजनिक भएसँगै नेपालमा पनि उपभोक्ताहरु उत्साहित हुनुहुन्छ । हामी चाँडोभन्दा चाँडो गाडी नेपाल ल्याउन समन्वय गरिरहेका छौं । हाराहारी अब मार्चको पहिलो हप्ताभित्र ल्याइसक्छौं ।
गाडीकाे मुल्य कति पर्नेछ नेपाली उपभोक्तालाई ?
हामीलाई पनि ठ्याक्कै एक्सपोर्टको मुल्य आइसकेको छैन। गाडी सकेसम्म बेस्ट मुल्यमा दिने प्रयास गर्नेछाैं । मुल्यभन्दा पनि गाडी लिइसकेपछि उपभोक्तालाई दिएको कमिट्मेन्ट पुरा गनुपर्छ भन्नेमा हामी विश्वास गर्छौं ।
भिडियाे :
प्रतिक्रिया