आइतबार, चैत १, २०८२

मधेश प्रदेशमा नसर्ने रोग पहिचानका लागि १ महिने अभियान सुरु

मेरोन्यूज २०८१ फागुन २ गते १३:३४

महेन्द्रनगर (धनुषा) । ‘समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ आज जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नसर्ने रोगको रोकथाम तथा सचेतनाका लागि मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले एकमहिने विशेष अभियान शुभारम्भ गरेका हुन् ।

मन्त्री सिंहले अभियान मधेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको बताए। “रोग लागेपछि उपचार गर्नुको साटो रोग लाग्न नदिन सचेतना आवश्यक छ । यस अभियानले जनतालाई स्वास्थ्य जोखिमबारे जानकारी दिनाका साथै रोग पहिचान तथा रोकथाममा मद्दत पुग्नेछ”, उनले भने।

स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवणकुमार नायकले नसर्ने रोगको समयमै पहिचान गरी उपचार प्रक्रियामा सहभागी हुन आमनागरिकलाई आग्रह गरे। उनले भने, “जनतालाई प्रारम्भिक चरणमै रोग पहिचान गराई आवश्यक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । अभियानले नागरिकलाई नसर्ने रोगहरूबारे सचेत बनाउँदै उपचार प्रक्रियामा सहभागी गराउने छ”, नायकले भने।

अभियानका क्रममा प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनाका साथै १३६ वटै पालिकामा सञ्चालन गरी समुदायस्तरमै रोग पहिचान र रोकथामका उपायहरूबारे जनचेतना अभिवृद्धि गरिने प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया