मधेश प्रदेशमा नसर्ने रोग पहिचानका लागि १ महिने अभियान सुरु

महेन्द्रनगर (धनुषा) । ‘समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ आज जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको छ ।
नसर्ने रोगको रोकथाम तथा सचेतनाका लागि मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले एकमहिने विशेष अभियान शुभारम्भ गरेका हुन् ।
मन्त्री सिंहले अभियान मधेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको बताए। “रोग लागेपछि उपचार गर्नुको साटो रोग लाग्न नदिन सचेतना आवश्यक छ । यस अभियानले जनतालाई स्वास्थ्य जोखिमबारे जानकारी दिनाका साथै रोग पहिचान तथा रोकथाममा मद्दत पुग्नेछ”, उनले भने।
स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवणकुमार नायकले नसर्ने रोगको समयमै पहिचान गरी उपचार प्रक्रियामा सहभागी हुन आमनागरिकलाई आग्रह गरे। उनले भने, “जनतालाई प्रारम्भिक चरणमै रोग पहिचान गराई आवश्यक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । अभियानले नागरिकलाई नसर्ने रोगहरूबारे सचेत बनाउँदै उपचार प्रक्रियामा सहभागी गराउने छ”, नायकले भने।
अभियानका क्रममा प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनाका साथै १३६ वटै पालिकामा सञ्चालन गरी समुदायस्तरमै रोग पहिचान र रोकथामका उपायहरूबारे जनचेतना अभिवृद्धि गरिने प्रयोगशालाले जनाएको छ ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया