युके पठाइदिने भन्दै ३२ लाख ५७ हजार ठग्ने धादिङका अधिकारी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौं-२६ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।
अधिकारीले युकेमा आकर्षक तलब हुने प्रलोभनमा पारेर एक व्यक्तिलाई ३२ लाख ५७ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
लामो समयसम्म झुक्यानमा पार्दै विदेश नपठाएर अधिकारी सम्पर्कविहीन भएपछि ती पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए।
पक्राउ परेका अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार नै वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसएसपी बस्नेतले बताए।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया