तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान

झापा । भद्रपुर नगरपालिकाको तेलहनखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरीखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीका अनुसार पाँच हजार एक सय कट्ठा जमिनमा तोरीखेतीका लागि एक सय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएका छन ।
चालु आव २०८१/८२ मा नगरपालिकाले प्रतिकट्ठा रु एक हजार अनुदान दिने योजना ल्याएको छ । स्थानीय तहले जग्गा वर्गीकरपछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको हुँदा दुरुपयोग रोक्न सहज हुने अधिकृत विमलीले जानकारी दिए।
भद्रपुर–१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरीखेती विस्तार गरेको बताउनुभयो । अनुदानले उत्पादन लागत कम गर्न र खेतीलाई आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ । स्थानीय किसान समीर रायमाझीका अनुसार नगरपालिकाबाट प्राप्त अनुदान प्रविधि र बालीको उचित हेरचाहमा खर्च हुने भएकाले खेती सुरक्षित रहने विश्वास गरिएको छ । विगतमा खेती गर्दा लागत खर्च निकाल्न नै समस्या पर्ने गरेको र नगरपालिकाको अनुदानले राहत मिलेको उनले बताए।


















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया