स्पेनिस ला लिगा : शीर्षस्थानको रियल बराबरीमा रोकियो

काठमाडौं – जारी सिजनको स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड फेरि बराबरीमा रोकिएको छ।
शनिबार राति रियललाई ओसासुना क्लबले बराबरीमा रोकेको हो।
अघिल्लो खेलसमेत बराबरी खेलेको रियललाई ओसासुनाले १-१ गोल बराबरीमा रोक्यो।
३९ मिनेटमा जुड बेलिंघमले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो।
रियलले किलियन एम्बाप्पेको गोलमा खेलको १५ मिनेटबाट अग्रता लिएको थियो।
दोस्रो हाफको ५७ मिनेटमा ओसासुनाले पेनाल्टी पाएको थियो।
पेनाल्टीमा एन्टे बुदिमिरले गोल गरेर टिमलाई बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन्।
यो बराबरीसँगै रियलको २४ खेलबाट ५७ अंक पुगेर शीर्षस्थानमै छ। ओसासुनाको समान खेलमा ३२ अंकसहित सातौं स्थान छ।
दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले समेत शनिबार राति बराबरी खेलेको छ। उसलाई सेल्टा भिगोले १-१ बराबरीमा रोकेको हो। एटलेटिकोको समान २४ खेलबाट ५० अंक रहेको छ।
एक खेल कम खेलेको बार्सिलोनाको ५० अंक रहेको छ। यससँगै यी तिनै टिमबीचको उपाधि यात्रा रोमाञ्चक हुने देखिएको छ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया