स्पेनिस ला लिगा : शीर्षस्थानको रियल बराबरीमा रोकियो

काठमाडौं – जारी सिजनको स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड फेरि बराबरीमा रोकिएको छ।
शनिबार राति रियललाई ओसासुना क्लबले बराबरीमा रोकेको हो।
अघिल्लो खेलसमेत बराबरी खेलेको रियललाई ओसासुनाले १-१ गोल बराबरीमा रोक्यो।
३९ मिनेटमा जुड बेलिंघमले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो।
रियलले किलियन एम्बाप्पेको गोलमा खेलको १५ मिनेटबाट अग्रता लिएको थियो।
दोस्रो हाफको ५७ मिनेटमा ओसासुनाले पेनाल्टी पाएको थियो।
पेनाल्टीमा एन्टे बुदिमिरले गोल गरेर टिमलाई बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन्।
यो बराबरीसँगै रियलको २४ खेलबाट ५७ अंक पुगेर शीर्षस्थानमै छ। ओसासुनाको समान खेलमा ३२ अंकसहित सातौं स्थान छ।
दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले समेत शनिबार राति बराबरी खेलेको छ। उसलाई सेल्टा भिगोले १-१ बराबरीमा रोकेको हो। एटलेटिकोको समान २४ खेलबाट ५० अंक रहेको छ।
एक खेल कम खेलेको बार्सिलोनाको ५० अंक रहेको छ। यससँगै यी तिनै टिमबीचको उपाधि यात्रा रोमाञ्चक हुने देखिएको छ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया