बुधबार, वैशाख २३, २०८३

ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ

मेरोन्यूज २०८१ फागुन ४ गते १७:४७

ताप्लेजुङ । ताप्लेजुङमा एक व्यक्तिको हत्या भएको छ। फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको हो।

Advertisement
NiccNicc

सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

हत्या भएको खबर पाएपछि खटिएको टोलीले सुवालाई आइतबार बिहान पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ।

हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  

प्रतिक्रिया