भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच ओमनमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका मन्त्रीद्वय बिच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।
दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन उनीहरुबिच कुराकानी भएको बताइएको छ । नेपालको विकासमा भारतले गरेको निरन्तर सहयोगका लागि आफूले भारतीय विदेशमन्त्री जयशंकरलाई धन्यवाद दिएको मन्त्री राणाले बताइन् । व्यापार पारवहन र जलस्रोत विकास लगायतका विषयमा नेपाल–भारतबिच भएको प्रगतिका लागि आफूले धन्यवाद दिएको उनले बताइन् ।
लामो युरोप भ्रमणपछि गत पुस ४ गते भारत पुगेकी परराष्ट्रमन्त्री राणासँग भारतीय पक्षका कसैले भेट्न मानेका थिएनन् । त्यतिबेला परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने प्रयास गरेकी थिइन् तर भेट्न उनले मानेका थिएनन् ।
परराष्ट्रमन्त्री आरजु उच्चस्तरीय भेटघाट बिना भारतबाट नेपाल फर्केकी थिइन् । फर्केको दुई महिनापछि ओमनमा विदेशमन्त्री जयशंकरसँग उनले भेट गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले आजै कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग पनि भेटेकी थिइन् । सो भेटमा उनले हमासको कब्जामा रहेको विपिन जोशीको रिहाका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।
त्यसैगरी मन्त्री राणाले आजै संयुक्त अरब इमिरेटस ९युएइ०का विदेश, अर्थ, तथा व्यवपार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघलेसँग पनि भेटेकी थिइन् ।

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया