प्रधानमन्त्री ओली देश बनाउने मान्छे हुन् : शंकर पोखरेल

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
सोमबार दाङको तुलसीपुर–११ मालेडाँडामा श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले वर्तमान प्रधानमन्त्री केपी ओली देश बनाउने मान्छे भएको बताए । ‘देश बनाउने हो भने देश बनाउने मान्छेलाई प्रोत्साहन गर्नुपर्दछ, यो कुरा सुन्ने कुरा मात्रै होइन, काम गर्ने मानिसलाई सम्मान गर्नुपर्दछ’, उनले भने । पोखरेलले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन उनले आग्रह गरे ।
विकासका हरेक काममा स्थानीय समुदायका भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलले स्पष्ट पारे । स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने उनको भनाइ थियो । ‘राम्रो बनाउने कुरामा स्थानीय जनताकै महत्पूर्ण योगदान रहन्छ’, पोखरेलले भने ।
पोखरेलले पश्चिम दाङमा सबैभन्दा बढीले लिने नाम श्रीमणि आचार्य भएको र उनको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको बताए ।


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया